आज २०७६ साल असोज २५ गते शनिबार, आश्विन शुक्ल दुर्गा पक्ष चतुर्दशी तिथि, गैर आवासीय नेपाली दिवस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सरकारी निकायको भय रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाईनेछ ।


। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज दैनिक कार्यमा प्रगती हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज रमाइलो यात्राको योग रहेको छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।

साभारः हाम्रो पात्रोबाट


प्रकाशित मितिः शनिबार, असोज २५, ०६:००