आज २०७७ साल असार १ गते सोमबार, आषाढ कृष्ण पक्ष दशमी, विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अनावश्यक ठाउँमा धन खर्च होला । सामान हराउने वा नष्ट हुन सक्छ । खानापिन र स्वास्थ्य प्रति सजकता अपनाउन जरूरीछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।


। छोटो दुरीको लाभदायक यात्रा हुनेछ । आफन्त र विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ काम वा रोजगार पाईनेछ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । मनमा शान्ति र छाउने र आर्थिक पक्ष सुदृढ बन्दै जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ धार्मिक कार्यमा रुची बढ्नेछ । आर्थिकपक्ष र व्यवसायबाट राम्रै लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । चोटपटकको भयछ, सचेत रहनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज अनुहारमा कान्ति र मनमा खुशी छाउला । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । साथीभाई र पारिवारिक सहयोगपनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

विद्या र बुद्धिको विकास हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् ।

साभारः हाम्रो पात्रोबाट


प्रकाशित मितिः सोमबार, असार १, २०७७, ०५:५३