आज २०७७ साल कार्तिक ५ गते बुधबार, आश्विन शुक्ल पक्ष पञ्चमी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज सहकर्मीबाट विरोध आउन सक्छ । गलत निर्णय लिन पुगिएला । यात्रामा मालसामानपनि हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवारमा सफलता पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज शुभकार्यमा मन जानेछ । लामो समयपछि आफन्तसंग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक भाईने र शुभ समाचारले मनपनि प्रसन्न रहनेछ ।

साभारः हाम्रो पात्रोबाट


प्रकाशित मितिः २०७७ साल कार्तिक ५ बुधबार, ०७:४५