मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग पनि छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज रमणीय र सुखद् यात्राको योग छ ।


। प्रभावकारी बोलीले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिले मन दुखाउन सक्नेछ, सचेत रहनुहोला, तर पनि उमङ्ग र उत्साह यथावत रहनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आदर्श व्यक्तिसँग भेटघाट हुनेछ । मनोरञ्जनात्मक कार्यमा सरिक भइनेछ । शुभ र नयाँ कार्यको चर्चा चल्नेछ, तर समान सामान हराउन पनि सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

शुभ समाचार सुन्न पाइएला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आफन्तबाट अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिनेछ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमूल्य वस्तु हात पर्नसक्छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा मन जानेछ ।

  • हाम्रो पात्रोबाट

प्रकाशित मितिः २०७७ साल चैत २८ गते शनिबार, ०७:५४