मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । सन्तान सुख पनि मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

सामाजिक प्रतिष्ठा कमाउने बेला छ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।


कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

मनमा दुबिधा उत्पन्न हुनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ, तर आफ्नो अधिकार भने मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

साथीभाइबाट बढी फाइदा लिने समय छ । जोश जाँगर र उमंग बढ्ला । नयाँ काम सुरु गर्ने समय छ । आर्थिक कारोबारमा सफलता पाइएला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कृषि क्षेत्रको काम पनि अघि बढ्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तान पक्षको मायामा कमी आउनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा धनलाभ हुने योग छ । भूमिबाट लाभ नै रहला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक कार्यमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

  • हाम्रो पात्रोबाट

प्रकाशित मितिः २०७८ साल वैशाख ८ गते बुधबार, ०७:४७