तरकारीमा बजारमा पछिल्लो समय बिचौलियाको एकछत्र बढेको छ । जसका कारण किसान तथा उपभोक्ता अत्याधिक मर्कामा परेका छन् ।

बिचौलियाले किसान र होलसेल पसलसँगको निर्यात तथा आयातको काम गर्दछन् । यिनीहरुले यहीं बिचको स्थानमा बसेर नै मनपरी नाफा आर्जन गर्न खोज्दा किसान र उपभोक्ता मर्कामा पर्ने गरेका छन् ।

किसानहरुलाई आफुले उत्पादन गरेको तरकारी निश्चित अवधिभित्र नै उपभोक्तासम्म पुर्याउन कठिन हुने भएकाले बिचौलियाको माध्यमबाट बजारसम्म पुर्याउन बाध्य छन् । यसैको फाइदा उठाउदै बिचौलियाले किसानसंग सस्तो मुल्यमा तरकारी खरिद गरि बजारमा पठाउने गर्दछन । बजारमा आइपुग्दा नै महँगो बनेर आएको तरकारी होलसेलबाट खुद्रा पसल र त्यहाँबाट उपभोक्ताले खरिद गर्ने समय सम्ममा राखिने नाफाका आधारमा तिन गुणा बढीसम्म पनि मूल्य तिर्नुपर्ने बाध्यता छ ।


कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले भने बिचौलियाको पनि आवश्यक रहेको बताएको छ । समितिका उप-निर्देशक बिदुर प्रसाद आचार्यले भने ‘बिचौलिया भन्ने कुरामा मेरो असहमति रहेको छ, किनकि बिचौलिया बिना माल आउदैन’। बिचौलियाका कारण नै बजारमा समयमै तरकारी आइपुगेको बताउंदै आचार्यले भने ‘आजको दिनमा सर्लाहीमा टिपेको तरकारी भोलि बिहान तपाइको आँगनमा आइपुगेको हुन्छ’ ।  तरकारी टिपेको २४ घण्टा नपुग्दै बजारमा आउने जनाउदै उनले भने ‘यिनीहरु बिना तरकारी बजारमा आउदैन, यिनीहरु बिचौलिया भन्दा पनि ब्यापारी हुन्, उनीहरुलाई पनि अधिकार छ ।

सहि तवरले व्यवसाय गर्न दिनुपर्ने जनाउंदै उनले भने ‘यिनिहरुको पानी आफ्नो कर्तब्य र अधिकार छ’, सही तबरले व्यवसाय गर्ने उनीहरुको अधिकार हो तर गलत तबरले काम गर्नेलाइ भने कारबाही गरिनुनै पर्छ’, सजाय तिनीहरुले पाउने हो’।

बिचौलियाका कारण र सडक विस्तारका कारण किसान र उपभोगता दुबैलाई फाइदा पुगेको कालिमाटी तरकारी तथा फलफुल बजार व्यवस्थापनले जनाएको छ ।

सरकारले गर्न सकेन बिचौलियाको काम, उपभोक्ता र किसान मारमा

सर्वसाधारण तथा उपभोक्ता ठगिनु तथा महँगो तरकारी खरिद गर्नुपर्ने बाध्यता सृजना हुनुमा सरकारी पक्ष पनि दोषी देखिएको छ । किसानले आफुले उत्पादन गरेको तरकारी बजार सम्म ल्याइपुर्याउनका लागि अहिले बिचौलियाको प्रयोग गर्नु पर्ने बाध्यता छ, यदि सकारी तवरबाट यसरी बिचौलियाले गर्ने कामको व्यवस्थापन हुन सक्ने हो भने बिचौलियाले किसानलाइ दिने मुल्य र होलसेलमा दिने मुल्य बिचमा राख्ने नाफा जोगिन गइ होलसेलले कम मुल्यमा खरिद तथा बिक्रि गर्न पाउने र किसानले पनि उचित मुल्य पाउने सम्भावना रहन्छ । खुद्रा पसलवालाले सस्तोमा खरीद गर्ने हुँदा उपभोक्तालाइ पनि फाइदा पुग्न जान्छ ।

बिचौलियाका कारण ब्यापारीलाइ नाफा उपभोक्तालाई घाटा

बिचौलियाका कारण उपभोग्तालाई प्रत्यक्ष घाटा हुन गएको छ भने ब्यापारिलाइ भने फाइदा भएको बल्खुका एक व्यापारीले बताएका छन् उनले भने ‘हामीले बिचौलिया संग खरिद गरेको तरकारी बिग्रिएको अवास्थामा भेटिएमा फिर्ता गर्न पाइन्छ तर किसानबाट सिधा खरिद गरेको तरकारी जस्तो छ त्यस्तै राख्नु पर्ने हुन्छ’ ।  उनीहरुले सस्तो मुल्यमा माल उठाउने हुनाले हाम्रो खरिद मुल्य समेत कम हुन जान्छ । यिनका अनुसार हेर्ने हो भनेपनि एकातर्फ किसानले उचित मुल्य पाउन सक्दैनन् भने अर्को तर्फ होलसेलले सस्तोमा तरकारी खरिद गरेपनि उपभोक्ताले भने पुरा रुपैंया तिर्नुपर्ने हुन्छ ।

ठाउँ भाडामा पनि बिचौलिया:

कालिमाटी तरकारी बजारको ठाउँ विवाद पुन सुरु भएको छ। असभन्दा अगाडी पटक९पटक यसबिषयमा कुरा उठे पनि समाधान भने हुन सकेको छैन । असभन्दा अगाडी २०६९ सालमा ठाउँको कुरालाई नै लिएर ठुलो विवाद भएको थियो। त्यतिबेला केहि ब्यापारीहरुले कालिमाटी तरकारी बजार नै छाडे र बल्खु स्थित तरकारी बजार खुल्न पुग्यो । बिचौलियाले कालिमाटी फलफुल तथा तरकारी बजारबाट सस्तोमा ठाउँ भाडमा लिई अन्य ब्यापारीलाई महँगोमा भाडामा लगाएको पाइएको छ । उनीहरुले आफुले लिएको ठाउँलाइ ३ देखि चार भागसम्म लगाइ ३ गुणा बढीसम्म भाडा लिएको खुलेको छ । ( जस्तै: उनीहरुले दस हजार तिरेर भाडमा लिएको ठाउँ भाग लगाई पत्येक ठाउँको तिस हजार सम्म लिएको व्यापारीले बताएका छन् ।) यसका कारण दस हजारको ठाउँ एक लाखमा परिणत हुन जाँदा व्यापारीलाई भाडा उठाउन हुने बाध्यताका कारण तरकरीको मुल्य पनि सोहि अनुसार बढी भएको पाइएको छ।

तरकारीमा बिषादीको प्रयोग कम हुन थाल्यो

कालिमाटी तरकारी तथा फलफुल बजारले आजभोलीको समयमा तरकारीमा बिषादीको प्रयोग कम हुन थालेको जनाएको छ । उपभोक्ता सचेत हुँदै जानु यसको मुख्य कारण रहेको बताइएको छ यसका साथै आधुनिक ढंगबाट अर्गानिक खेति तर्फ किसानहरु आकर्षित हुँदै जानु र किसानहरु पनि बिषादीसंग सचेत बन्दै जानुले पनि तरकारीमा बिषादी कम भेटिएको हो ।

 

-आशिष पौडेल