काठमाडौंः उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।

हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

आगामी २४ घण्टा देशको उच्च हिमाली भू(भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

‘घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू(भागहरुमा बिहान र दिउँसोको समयमा बाक्लो हुस्सु्कुहिरो समेत लाग्ने सम्भावना छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।


।’

प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू (भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।


प्रकाशित मितिः ८ माघ २०७७, बिहीबार, ०७:३२