ताप्लेजुङः ताप्लेजुङमा मंगलबार चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फुङलिङ–१० बस्ने ३० वर्षीया दुर्गा बिष्ट भट्टराई रहेको प्रहरीले जनाएको छ ।

मंगलबार अपरान्ह पौने ५ बजे घर बाहिर रहेको अवस्थामा चट्याङले लागेर घाइते भएकी भट्टराईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा राती सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ १७, २०७७, १२:१४