ताप्लेजुङः १६ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा फुङिङ नगरपालिका–८ बस्ने २० वर्षीय मनोज गुरुङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी ललाई फकाई सोही ठाउँस्थित होटलमा लगि जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, असोज ३, २०७७, १९:५३