ताप्लेजुङ: जिल्ला समन्वय समिति ताप्लेजुङको दोस्रो सभाको उद्घाटन सत्रमा अतिथिको रुपमा गएका योगेश भट्टराईले ताप्लेजुङले मात्रै प्रदेश नम्बर नं १ को उर्जा संकट समाधान गर्न सक्ने जलस्रोत बोकेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले अहिलेसम्म ताप्लेजुङको जलस्रोतबाट मात्रै साढे १४ सय मेघावाट क्षमताको जलबिद्युत् उत्पादनका लागि अनुमति लिइसकेको जानकारी दिए।

तमोर, काबेली, मेवा, मैवा र ईँवाखोला जस्ता प्रशस्त जलस्रोतका क्षेत्रहरूको अधिकतम उपयोग गर्दै बिद्युत उत्पादनलाई प्राथमिकतामा राख्ने हो प्रदेश नम्बर १ को पूरै क्षेत्रलाई एउटै जिल्लाले उज्यालो बनाउन सक्ने भट्टराईको भनाई थियो।


। उनले साथमै रहेका गृहमन्त्री रामबहादुर थापा बादल मार्फत नेपाल सरकारलाई ७६३ मेघावाट क्षमताको तमोर जलाशययुक्त आयोजना अघि बढाउने कार्यमा तत्काल प्रकृया चाल्न अनुरोध पनि गरेका छन्। आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट एवं नीति तथा कार्यक्रम भित्र पनि तमोर जलाशययुक्त आयोजनालाई विशेष प्राथामिकता दिएकोले यसलाई सरकारले राष्ट्रिय महत्व दिएर कार्यक्रम सञ्चालन गर्न सक्नुपर्ने भट्टराईले बताए।