काठमाडौंः गीतकार तारा अधिकारीको शब्द रहेको नयाँ गीत ‘फुलेको केश’ सार्वजनिक भएको छ ।

गीतमा अन्जु पन्तले स्वर दिएकी छिन् भने वसन्त सापकोटाको संगीत र फनिन्द्र राईको एरेन्ज रहेको छ । गीतको रेकर्डिस्ट सुमन खड्का हुन् ।

रमेश थापाको निर्देशनमा बनेको भिडियोमा दीलिप रायमाझी, सिरु विष्ट, तारा अधिकारी, सुजाता बराल र सुलोचना आचार्यको अभिनय रहेको छ ।

भिडियोमा श्रीमानले धोका दिएर अर्काको श्रीमतीसँग लागेको कुरालाई देखाइएको छ ।

रत्न जोशीको करियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सम्पादनको जिम्मा नहकुल खड्काले लिएका छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बिहीबार, चैत ६, १०:३१