तेह्रथुमः म्याङलुङ नगरपालिका–१ स्थित जर्नी गेष्ट हाउसबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ४७ वर्षीय रत्न बहादुर दमाई लगायत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ५ सय ४५ रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ११ मंगलबार, १७:५२