मोरङः रंगेली नगरपालिका–७ नयाँ टोल बस्ने ३५ वर्षीय लक्षु महतोको च्याउ उत्पादन गर्ने घरभित्र तास खेलिरहेको अवस्थामा महतो लगायत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५५ हजार ९ सय रुपैयाँ, १ हजार ८ सय ५० भारतीय रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १९ बुधबार, १८:३०