जुम्लाः चन्दननाथ नगरपालिका–१ एयरपोर्ट नजिक डेरा गरी बस्ने पातारासी गाउँपालिका–३ पिरे घर भएका १९ वर्षीय कमल बुढाको कोठामा जुवा खेलिरहेको अवस्थामा कमल सहित ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ७० हजार रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २२ गते बुधबार, २१:२५