तिमी पनि गयौं अब कस्ले माया गर्छ यहाँ
टुक्रिएको आत्मा भित्र कस्ले वुट्टा भर्छ यहाँ

तिमी पनि गइसक्यौ अर्कैको डोली चढी
मन मुटुको पिडालाई कसले आज हर्छ यहाँ

अतित सम्झी आफै भित्र हराउँदै छु अचेल
मलाई माया दिन भनी को अगाडी सर्छ यहाँ

भोक निद्रा केही छैन मात्र तिम्रो याद आज
मेरो वह सम्हाल्नलाई को आज मर्छ यहाँ

अन्तिम मै पुगिसक्यो मेरो देह आत्मा पनि
पुर्नजिवन दिने काम फेरी कसले गर्छ यहाँ

  • सुदर्शन आचार्य