काठमाडौं : तीन करोड रुपैयाँ बराबरको ब्ल्याक डाइमण्डसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुईवटा ब्ल्याक डाइमण्डसहित उनीहरूलाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गले  बुधबार लैनचौरबाट उनीहरूलाई डाइमण्डसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लैनचौर निवासी रेमश रजकसहित आठ जना रहेका छन्। उनीहरूबारे थप अनुसन्धान गर्न प्रहरीले राजश्व अनुसन्धान विभाग पठाएको छ।