काठमाडौंः बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले मुलुकभरको मौसममा आंशिक बदली भएको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम उत्तर पश्चिमी दिशातर्फ सर्दा मौसममा बदली भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षाको सम्भावना छ ।

अन्यत्र भने मौसम सफा रहने जनाएको छ ।


प्रकाशित मितिः २०७७ अशोज २७, मङ्लबार, ०७:१३