काठमाडौंः बौद्ध व्यापार संघ र स्थानीयहरूले सडक कालोपत्रे माग राख्दै गत वैशाख अन्तिमतिर बौद्ध क्षेत्रमा सडक नै ठप्प पार्नेगरी आन्दोलन गरे ।

त्यसपछि स्थानीय र ठेकेदारबीच सडक पिच गर्ने सम्झौता भएसँगै जेठ अन्तिमतिर चावहिल–साँखु सडकखण्डको टुसाल चोकदेखि बौद्ध गेटसम्म करिब एक किलोमिटर सडक कालोपत्रे भयो ।

करिब चार वर्षदेखि धुलो र हिलोबाट आक्रान्त बनेका स्थानीय कालोपत्रे भएपछि खुसीले गद्गद् भएका थिए । तर सडक कालोपत्रे भएको तीन महिना नबित्दै कालोपत्रे उप्केर खाल्डाखुल्डी बनेपछि अहिले उनीहरू चिन्तित बनेका छन् ।

आन्तरिक र बाह्य पर्यटक ओहोरदोहोर भइरहने बौद्ध गेटकै सामु ठूल्ठूला दुईवटा खाल्डा छन् ।


। त्यसैगरी टुसाल चोकको सडकमा कालोपत्रे पुरै उप्किएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार उक्त सडकखण्ड युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स कम्पनीले कालोपत्रे गरेको थियो । कमसल सामग्री प्रयोग गरिएकाले छिट्टै कालोपत्रे उप्किएको स्थानीयको आरोप छ । यो समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।


प्रकाशित मितिः बिहीबार, कार्तिक २१, ०७:०८