काठमाडौंः काभ्रेका आइते मगर (परिवर्तित नाम) केही महिनायता सधैंजसो मदिराको नशामा भेटिन्थे । खल्तीमा अलिकति पैसा भयो कि कामै छाडेर भट्टी पसिहाल्थे । कहिले गलैंचा त कहिले गाडीमा खलासी बस्थे ।

गलैंचा कारखानामै चिनेका राजुले असार पहिलो साता उनलाई रत्नपार्कमा बोलाए । ‘मलाई चिनेको एउटा मानिसलाई मिर्गौला चाहिएको छ,’ राजुले मगर (अदालतमा पेस भएको मिसिलमा उनको सांकेतिक नाम बबरमहल २ भनिएको छ) लाई प्रस्ताव गरे, ‘धेरै मानिसको एउटा मात्र मिर्गौला हुने रहेछ । तिम्रो जाँच गरौं । दुइटा भए एउटा दिँदा फरक पर्दैन, तिमीले तीन लाख रुपैयाँ पाउँछौं ।’

राजुले शंखरलाल लामाका लागि मिर्गौला खोजिदिएका हुन् ।


। बाबुका लागि मिर्गौला खोज्न लामाका छोरा शिशिरसाग दौडधूप गरिरहेका थिए । राजुले त्यही दिन मगरलाई शिशिरसँग भेटाइदिए । शिशिरले पनि उसैगरी फकाए, ‘मेरो बुबालाई मिर्गौला चाहिएको छ, तपाईंलाई एउटा मिर्गौला भए पनि केही फरक पर्दैन । धेरै मानिसले मिर्गौला झिकेका छन् ।’

जिल्ला अदालत ललितपुरमा पेस भएको आरोपपत्रअनुसार उनले मगरलाई ‘मिर्गौला प्रत्यारोपणपछि नगदै ३ लाख रुपैयाँ दिउँला’ भनी आश्वासन दिएका थिए । त्यसपछिका ३/४ वटा भेटमा शिशिरले मगरलाई हरेकपल्ट ४/५ हजार रुपैयाँ दिएर आश्वस्त पारे । यो समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।


प्रकाशित मितिः मंगलबार, कार्तिक २६, ०७:१४