काठमाडौं: चीनले तीन वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको खासा नाका खोल्न सहमति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बिहीबार राजधानी बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा भएको वार्तापछि चीनले यस्तो सहमति जनाएको हो । ओली र चीनका समकक्षी ली खछ्याङ बीचको प्रतिनिधिमण्डल सहितको वार्तापछि खासा नाका खोल्ने समझादारी पत्र आदान प्रदान भएको हो ।

२०७२ वैशाख १२ को भूकम्पपछि चीनले असुरक्षाको कारण जनाउँदै तातोपानी नाका बन्द गरेको थियो । चीनले तातोपानी नाकाबाट अवैध रक्तचन्दन तथा सुन तस्करी र दलाई लामा समर्थकको गतिविधिले सुरक्षामा असर पार्ने भन्दै खोल्न अस्वीकार गर्दै आएको थियो ।


। तर ओलीको भ्रमणका क्रममा चीन र नेपालबीच तातोपानी नाका खोल्ने समझदारी पत्र पनि आदानप्रदान भएको छ ।