काठमाडौंः सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सबैतिरबाट भएको दबाव सृजना र विद्यार्थीहरुको आन्दोनले गर्दा आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो ।

आज बसेको नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ त्यसैगरी डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २-२ रुपैयाँले घटोएको छ ।

यसअघि पेट्रोल लिटरको लिटरको ११३ रुपैयाँ थियो । अब ११३ रुपैयाँबाट तीन रुपैयाँले घटेर लिटरको ११० रुपैयाँमा झरेको छ ।

त्यसैगरी यस अघि प्रतिलिटर ९५ रुपैयाँ मूल्य रहेको डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्यको बाहना बनाएर तेलको भाउ बढाएको भन्दै सरकारको तीव्र आलोचना भएको थियो ।