काठमाडौंः नेपाली लोक गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका तुलसी धर्ति मगर र गायक गोपाल जि एम को आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘लुगा मात्र फेर्ने’ को भिडियो सार्वजनिक भएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

युवा अवस्थामा रहेका मायालु जोडिको मनको भावलाई गीतमा रोमान्चक रुपमा प्रस्तुत गरिएको छ ।

अमित विकको छायांकन, कृष्ण बावुको सम्पादन तथा दिपक साउदको निर्देशन भिडियोमा रहेको छ ।

गीतको भिडियोमा भुवन पार्की र राधिका मगरको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर १५ सोमबार, १६:२६