काठमाडौंः तेस्रो वरीयताका अष्ट्रेलियन डोमिनिक थिएम युएस ओपन टेनिसको च्याम्पियन बनेका छन् ।

आज बिहान भएको खेलमा जर्मन खेलाडी एलेक्जेन्डर जेभरेभलाई ३–२ को सेटले पराजित गर्दै थिएम च्याम्पियन बनेका हुन् ।

दुई सेटले पछि परेको स्थितीलाई उल्ट्याउँदै थिएमले पहिलो ग्रान्डस्लामको सफलता प्राप्त गरे । उनले २–६, ४–६, ६–४, ६–३ र ७–६९८–६० को सेटमा जित निकाले ।

थिएम सन् २००४ को फ्रेन्च ओपनमा अर्जेन्टिनीका गेस्टन गाडियापछि दुई सेट गुमाएर फाइनल जित्ने पहिलो खेलाडी बनेका छन् ।


प्रकाशित मितिः सोमबार, भदौ २९, २०७७, ११:५७