तेह्रथुमः तेह्रथुमको म्याङलुङ नगरपालिका–८ कोबेकमा अंशबण्डाको बिषयमा बादबिबाद, झै–झगडा भई कुटपिट समेत हुँदा एक जनाको मृत्यु भएको छ ।

हत्याको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय कुमार लिम्बु रहेका छन् ।

शुक्रबार राती साढे ७ बजेको समयमा कुमारको बुबा ५५ बर्षीय गणेश लिम्बु र काका किर्तिमान लिम्बुबीच अंशबण्डाको बिषयमा झै–झगडा भईरहेको अवस्थामा कुमार लिम्बुले छुट्याउने क्रममा दुबै जनालाई बाँसको भाटाले हिर्काउँदा उनको बुबा गणेश लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।


कुमारलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १७:०८