काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्यान्ड्स र मलेसियासँग खेल्ने त्रिकोणात्मक टि–२० आई सिरिजको लागि १५ सदस्य नेपाली टोली घोषणा गरेको छ ।

टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुने सिरिजका लागि क्यानले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्य टिम घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १५ सदस्सीय नेपाली टिम घोषणा गरेको हो ।

स्पिनर शाहब आलम र ओपनर आशिफ शेख पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

बन्द प्रशिक्षणमा रहेका मध्येबाट ललित नारायण राजवंशी,सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र लोकेश बम भने बाहिरिएका छन् ।


डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल बैशाख ४ गते हुनेछ । खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।

यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

नेपाली क्रिकेट टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी

 


प्रकाशित मितिः २०७८ साल बैशाख १ गते बुधबार, १३:१५