काठमाडौंः सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरीजमा नेपालले आफ्नो चौथो खेलमा आज बुधबार आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ ।

सिंगापुरविरुद्धको पहिलो खेलमा ९ विकेटको जित निकालेको नेपाल उक्त प्रदर्शनलाई कायम राख्ने योजनामा हुनेछ ।

सिरिजको फाइनलमा प्रवेशका लागि पनि आजको खेल जित्नैपर्ने दबावमा नेपाल छ । यदि आजको खेलमा नेपाल पराजित भएमा जिम्बाब्वे र सिंगापुर एक आपसमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गर्ने छन् । त्यसकारण पनि आजको खेल कुनै पनि हालतमा जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ ।


यता, सिंगापुर नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिजको दोस्रो खेलमा जिम्बावेलाई हराउन सफल सिंगापुर उच्च मनोबलका साथ मैदान उत्रनेछ ।


प्रकाशित मितिः बुधबार, असोज १५, ०९:५१