काठमाडौंः जिम्बावेले नेपाल र सिंगापुरसँगको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ ।

अन्तिम खेलमा बिहिबार राति घरेलु टोली सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावेले उपाधि जितेको हो ।

सिंगापुरले दिएको १६८ रनको लक्ष्य जिम्बावेले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो ।

जिम्बावेका लागि पिटर मुरले अविजित ९२, टोनी मुन्योगाले ४४, कप्तान सेन विलियम्सले ११ र रेजिस चकवाले ६ रन बनाए ।

सिंगापुरका टिम डेविड र जनक प्रकाशले समान १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो ।


सिंगापुरका लागि सुरेन्द्ररन चन्द्रमोहनले ६६, टिम डेभिडले ४७, जनक प्रकाशले २२, मनप्रित सिंहले ९ र रोहन रंगराजनले ५ रन बनाए ।

जिम्बावेका डेनील जिकेलले २ विकेट लिए ।

जितसँगै जिम्बावेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान हासिल गर्दै सिरिजमा कब्जा जमाएको हो । सिरिजमा ३ अंक जोडेको रेन रेटका आधारमा नेपाल दोस्रो भयो । ३ अंक नै जोडेको आयोजक सिंगापुर तेस्रो स्थानमा रह्यो ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०८:१०