काठमाडौंः सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरीजमा नेपालले जिम्बाब्वेसँग दोस्रो हार व्यहोरेको छ ।

मंगलबार भएको खेलमा जिम्बाब्वेले नेपाललाई ४० रनले हराएको हो । योसँगै नेपाल जिम्बावेसँग दोस्रो पटक पराजित भएको छ । सिरिज अन्तर्गत नै शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

सिंगापुरमा जिम्बाब्वेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनायो ।

नेपालका लागि विनोद भण्डारीले ३३, आरिफ शेखले २५, करण केसीले १८ र कप्तान पारस खड्काले १२ रन बनाए । अन्य नेपाली खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।


जिम्बावेका सेन विलियम्सले ३, टिनोटेण्डा मुटोमबोड्जीले २ तथा तेन्दाइ चतरा, ड्यानियल जकेल, विलियम मैशिंग रयान बर्लले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्बे‍ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६० रन बनाएको थियो ।

जिम्बाब्वेका लागि कप्तान सेन विलियम्सले ५३, रायन ब्रुलले अविजित २८, टिनोटेण्डा मुटोमबोड्जीले २० तथा पिटर मुरले २१ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २ तथा कप्तान पारस खड्का र अविनाश बोहराले नाममा समान (१ विकेट लिए ।

अब नेपालले सिंगापुरसँग बुधबार अन्तिम खेल खेल्नेछ । यस्तै जिम्बावेले अन्तिम खेलमा बिहिबार सिंगापुरसँग खेल खेल्ने छ ।

 


प्रकाशित मितिः बुधबार, असोज १५, ०७:५९