काठमाडौंः त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ ।

त्रिविले ५ क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

त्रिविले यसरी अनलाइनमार्फत फारम भराउन सुरु गर्न थालेका ५ क्याम्पसमा खाद्य प्रविधि क्याम्पस धरान, पद्मकन्या बहुमुखी क्याम्पस बागबजार, पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा, लुम्बिनी वाणिज्य बहुमुखी क्याम्पस बुटवल र कैलाली बहुमुखी क्याम्पस कैलाली रहेका छन् ।

परिक्षा नियन्त्रण कार्यालयले ती क्याम्पसका कर्मचारीलाई अनलाइन फाराम भराउनका लागि आउँदो शुक्रबार तालीम प्रदान गर्ने समेत बताएको छ ।


त्रिविले क्रमशः अन्य क्याम्पसमा पनि अनलाइनबाट परीक्षा फारम भराउने व्यवस्था मिलाउने र अब चाँडै स्नातक तह प्रथम वर्षको नै परीक्षा फाराम खोल्ने तयारी रहेको बताएको छ ।

यसैगरी त्रिविले यसै वर्षदेखि दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीलाई पनि अनलाइनबाट फाराम भराउने छ । अहिले विद्यार्थीले त्रिवि पनिकामा आएर फाराम भर्ने गरेका छन् । त्रिविले गत जेठ दोस्रो हप्तादेखि एकै दिनमा ट्रान्सक्रिप्ट पनि दिन थालेको छ ।