काठमाडौँ  : यसै शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइन मार्फत भर्ने व्यवस्था गर्ने भएको छ ।

कैलाली बहुमुखी क्याम्पस धनगढी, पद्मकन्या बहुमुखी क्याम्पस बागबजार, खाद्य प्रविधि क्याम्पस धरान, पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा र लुम्बिनी वाणिज्य बहुमुखी क्याम्पस बुटवलका स्नातक प्रथम वर्षका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराइने भएको हो ।

त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालय जानकारी दिएको छ ।

सूचना प्रविधिको विकाससँगै त्रिविलाई पनि सूचनाप्रविधिमैत्री बनाउनका लागि सो व्यवस्था गर्न थालिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी बताएका छन ।


उहाँका अनुसार आउँदो शुक्रबार पनिकाले ती क्याम्पसका कर्मचारीलाई अनलाइन फाराम भराउनका लागि तालीम दिनेछ ।

सुरुमा क्याम्पसले विद्यार्थीको फाराम भरेपनि पछि विद्यार्थी स्वयंम आफैँलाई भर्न दिइने बताए ।गोरखापत्रमा दैनिकमा समाचार छ ।