धादिङः पृथ्वी राजमार्ग अन्तरगत बेनिघाटको तिकराङमा गएराती भएको सवारी दुर्घटनामा परी दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा परि एक जना घाईते भएका छन् ।

भैरहवाबाट काठमाण्डौंका लागि सिमेन्ट ल्याउदै गरेको मालवाहक ट्रक राती १ वजे तिर त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो । ट्रक सडकबाट करिव पन्ध मिटर तल खसेर त्रिशूली नदीमा डुवेको प्रहरीले जानाएको छ ।

अर्का एक घाईतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ । ट्रक त्रिशूली नदी भित्र करिव ६० फिट तल गहिराईमा भेटिएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुको खोजी कार्य जारी रहेका प्रहरीले जनाएको छ ।