काठमाडौंः नेपालले थप तीन देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ ।

अध्यागमन विभागले एक विज्ञप्ती जारी गर्दै फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई अनअराइभल भिसा रोकिएको बताएको छ ।

यो निर्णय आइतबारदेखि अर्को निर्णय नहुन्जेल सम्मको लागि लागु हुने जनाइएको छ ।

यस अघि चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा रोकिएको थियो । यो समाचार आजको नागरिक मा छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २७, ०७:३६