काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४८ जना महिला र ५६ जना पुरुष गरी कूल १०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा एक जनाको पनि मृत्यु भएको छैन् । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ५४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २१ लाख १७ हजार ५० पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७९ जना र सक्रिय संक्रमित १ हजार ६०४ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६९ हजार ६० पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २ गते आइतबार, १९:२२