काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४० जना महिला र ६५ जना पुरुष गरी कूल १०५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा एक जनाको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ५५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३६० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २१ लाख २३ हजार ९५१ पुगेको छ ।
।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७४ जना र सक्रिय संक्रमित १ हजार ५८७ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन ४ गते मंगलबार, २०:०३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook