काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १६ हजार ५३१ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या १६ हजार ५३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार आज सुर्खेतका १८ जना, बझाङका १६ जना, कैलालीका ८ जना, दाङका ७ जना, काठमाडौं र लमजुङमा ५/५ जना, सिराहा, चितवन, कास्की र अछाममा ४/४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बागलुङ र दैलेखमा ३/३ जना, सप्तरी, धनुषा, म्याग्दी, गोरखा, बाँके, डोटी, मुगु, बाजुरा, कञ्चनपुरमा २/२ जना, सुनसरी, झापा, नुवाकोट, सर्लाही, मकवानपुर, सिन्धुपाल्चोक, तनहुँ, नवलपरासीपूर्व र दार्चुलामा १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।



प्रकाशित मितिः बिहीबार, असार २५, २०७७, १८:०३