काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७० हजार ८५४ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४३ जना महिला र ६६ जना पुरुष गरी कूल १०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६१८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २० लाख ६७ हजार ६९९ पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा १०९ जना र सक्रिय संक्रमित २ हजार ७७९ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६६ हजार ४८ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १७ गते शनिबार, १६:१९