काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५२ जना महिला र ६० जना पुरुष गरी कूल ११२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ७६७ जना पुगेको छ ।

मन्त्रालयले आज पनि संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मन्त्रालयले तथ्यांक अध्यावधिक गर्दै आज मृत्यु हुनेको संख्या ८३ जना थप गरेको छ ।


पछिल्लो २४ घण्टामा ३ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २१ लाख ५३ हजार ६३६ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ६६ जना र सक्रिय संक्रमित ८८२ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७० हजार २२३ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १३ गते बिहिबार, १८:३०