काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल १२८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २२ लाख ८१ हजार ८३२ पुगेको छ ।
।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ५९ जना र सक्रिय संक्रमित १ हजार ६१३ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७३ हजार १२३ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साल चैत २१ गते शनिबार, १६:४५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook