काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै २ लाख ७४ हजार ६०४ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १५७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर गर्दा ४९० जना र एन्टिजेन परीक्षण गर्दा ४४ लाई कोरोना पुष्टि भएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख २ गते बिहीबार, १७:०७