काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७० हजार ७४५ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५९ जना महिला र ९८ जना पुरुष गरी कूल १५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २२१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २० लाख ६४ हजार ८१ पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा १११ जना र सक्रिय संक्रमित ३ हजार २२ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १६ गते शुक्रबार, १६:०७