काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७२ हजार २१५ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६१ जना महिला र ९९ जना पुरुष गरी कूल १६० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २१ लाख १ हजार ५९ पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ८७ जना र सक्रिय संक्रमित १ हजार ७३७ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २७ गते मंगलबार, १७:३१