काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख १० हजार ९७३ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४६२ जना महिला र ७३५ जना पुरुष गरी कूल १ हजार १९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २३० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८३२ जनाको पीसीआर परीक्षण गरिएको छ ।


। आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १६ लाख १३ हजार ९११ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा १ हजार १३ जना र सक्रिय संक्रमित ३३ हजार ३७९ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १ सोमबार, १७:१८