काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ८५ हजार ९०० जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल १ हजार २२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यसैगरी, ५४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा पनि कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ९१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार १ जनाको पीसीआर परीक्षण गरिएको छ ।


। आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २३ लाख ५२ हजार ५०२ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ८१ जना र सक्रिय संक्रमित ७ हजार २५४ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ६ गते सोमबार, १७:०२