काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४८४ जना महिला र ७८८ जना पुरुष गरी कूल १ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५६७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको पीसीआर परीक्षण गरिएको छ ।


। आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १७ लाख ७१ हजार ९५० पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ५३७ जना र सक्रिय संक्रमित १५ हजार ४४७ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १९ शुक्रबार, १६:२९