काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ३० हजार ७२३ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५४६ जना महिला र ८३४ जना पुरुष गरी कूल १ हजार ३८० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ४५४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ३६८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
। आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १७ लाख १९ हजार ८२८ पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ६१८ जना र सक्रिय संक्रमित १८ हजार ८३ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ११ हजार १८६ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १३ शनिबार, १६:४८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook