काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ११ हजार ४७५ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जना महिला र ९०८ जना पुरुष गरी कूल १ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २५९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पीसीआर परीक्षण गरिएको छ ।


। आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १६ लाख २३ हजार ७५४ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९१० जना र सक्रिय संक्रमित २८ हजार ८७८ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३ बुधबार, १६:२८