काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख १८ हजार ६३९ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६६१ जना महिला र १ हजार १३ जना पुरुष गरी कूल १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३०५जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार १४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।


। आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १६ लाख ५२ हजार ४३ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७५७ जना र सक्रिय संक्रमित २४ हजार ९ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ६ शनिबार, १६:२३