काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५५ जनामा पीसीआर परीक्षणमा १ हजार ६६७ जना र ६८३ जनामा एन्टिजेन परीक्षणमा ६९ जना गरी १ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १०२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९२ जना र सक्रिय संक्रमित ८ हजार ६५९ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख ७ गते मंगलबार, १७:४६