काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६७७ जना महिला र १ हजार ६४ जना पुरुष गरी कूल १ हजार ७४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९( का कारणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १३ लाख ९८ हजार १७९ पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा २ हजार ९६९ जना र सक्रिय संक्रमित ४३ हजार २९३ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख १५ हजार ६७५ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १० सोमबार, १८:३१