काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ६४ हजार ७८० जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना महिला र १६० जना पुरुष गरी कूल २५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९१७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार २८६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १९ लाख ८२ हजार २४६ पुगेको छ ।
।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा २५७ जना र सक्रिय संक्रमित ४ हजार ४२२ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, १६:३२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook